४० अल कायदा लडाकूको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते ११:५१ मा प्रकाशित

दमासकस २६, कात्तिक – सिरियाको मध्य प्रान्त हामाको बाहिरी इलाकमा सिरियाली सैनिकले गरेको कारबाहीमा कम्तीमा ४० लडाकूको मृत्यु भएको बताइएको छ ।

अल कायदासँग आवद्ध नुस्रा फन्टका ४० लडाकू सो कारबाहीमा मारिएका पान अरब अल मयाद्दिन टेलिभिजनले बुधबार जानकारी दिएको छ ।

हामादेखि बाहीरी इलाकामा पर्ने सलामिया सहरमा सैनिकले एम्बुस आक्रमण गरी ती आतङ्ककारीहरुलाई मारेको सो टिभीले जानकारी दिएको छ ।

यस आक्रमणको विस्तृत विवरण भने नदिइएको प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सैनिकले हाल मात्र देशको उत्तरी भागमा पर्ने हामा प्रान्तमा नुस्रा लडाकूहरुसँग वार्ता गरेको समाचारमा जनाइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us