
काठमाण्डु, २६ कात्तिक– विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेका नेपालगन्ज–६ का एक पुरुषमाथि प्रेमिकाले नै आगो लगाएकी छिन् । नेपालगन्जमा रिक्सा चलाई गुजारा चलाउँदै आएका सुरेन्द्र शुक्लामाथि उनकी प्रेमिका निलम सोनीले आफ्नै घरमा सुतीरहेको अवस्थामा सोमबार मध्यरातमा मट्टीतेल खनाएर आगो लगाएकी हुन् । उनीहरुबीच सोमबार साँझ झगडा भएपछि सो घटना भएको थियो ।
भेरी अञ्चल अस्पतालको बर्निङ वार्डमा रहेका घाइते शुक्लाले भने,‘ सुतेको थिएँ एक्कासि मट्टीतेल छर्केर आगो लगाइ बाहिरबाट ढोका बन्द गरिदिइ ।’ आगजनी गरेको आरोपमा प्रहरीले सोनीलाई नियन्त्रणमा लिएको छ । उनी विवाहित र ६ सन्तानकी आमा हुन् ।
राजधानी दैनिकबाट