
एजेन्सी, इस्लामावाद २५ कात्तिक– पाकिस्तानको सिन्ध प्रान्तमा आज (मंगलबार) बिहान भएको सडक दुर्घटनामा ५६ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार सुक्कुर जिल्लामा ट्रकस“ग ठक्कर खाएर बसा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा २१ जना महिला र १८ जना बालबालिका परेका छन् । दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
करा“चीबाट उत्तर खेबर पाखतुनख्वा प्रान्त जान लागेको बस थेरी बाइपास भन्ने ठाउ“मा दुर्घटनामा परेको थियो । उद्धार टिमले घाइतेहरुलाई खरिरपुर अस्पताल पु¥याएको छ ।
चालकको लारबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ । पाकिस्तानी राष्ट्रपति ममनुन हुसेन र सिन्ध प्रान्तका गभर्नर इशारतुल इबादले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन् ।