
एजेन्सी – बलिउड अभिनेता आमिर खान र अभिनेत्री ऐश्वर्या रोय बच्चन १५ वर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् ।
निर्देशक करण जौहरले यी दुई बलिउडका ढुकढुकीलाई मिलाउने भएका हुन् ।
सन् २००० मा धर्मेश दर्शनको चलचित्र ‘मेला’ मा एकसाथ देखिएका थिए । अब नयाँ बन्ने चलचित्रमा आमिर र ऐश्वर्याको मूख्य भूमिका रहनेछ ।
उनीहरु दुबैले एकसाथ काम गर्न पाउँदा उत्साहित रहेको बताएका छन् ।