अफगानिस्तानमा दुई बिस्फोट, १० को मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ११:२० मा प्रकाशित

एजेन्सी– पूर्वी अफगानिस्तानमा सोमबार आत्मघाती बम बिस्फोटा हुँदा सात जना प्रहरीको ज्यान गएको छ । अफगानी प्रहरीका अनुसार लोगार प्रान्तको प्रहरी मुख्यालयमाथि हमला हुँदा सात जना प्रहरी अधिकृत मारिएका हुन् ।

आक्रमण गर्ने व्यक्ति प्रहरीकै बर्दी लगाएर आएको बताइएको छ । त्यस्तै गरी नांगरहार प्रान्तको जलालावादमा एक रिमोट सञ्चालित बम विस्फोट भएको थियो । अफगानी तालिबानी समूहले दुवै हमलाको जिम्मेवारी लिएको छ ।

यता काबुलमा भएको बम विस्फोटमा पनि तीनजना घाइते भएका छन् । तर काबुलमा सोमबार भएको विस्फोटको जिम्मा भने कसैले लिएको छैन ।

काबुलको विस्फोट विश्वविद्यालय छेउको फूल नर्सरीमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us