मिस टिन कलेज हुने

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ६:१५ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक – कलेजमा अध्ययनरत २० वर्षमुनिका युवतीहरुलाई केन्द्रित गरी हुादै आएको मिस टिन कलेज प्रतियोगता यस वर्ष पनि हुने भएको छ । १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरु सहभागी हुन पाउने आयोजक सिजन मिडियाले जनाएको छ ।
टिनएज युवतीहरुको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वदायी क्षमताको आवश्यकता र उपयोगिताबारे मार्ग निर्देशन गर्न यस्तो प्रतियोगिता गर्न लागेको आयोजकको दाबी छ ।
प्रतियागिताको पहिलो चरणको छनौट मंसिर २० गते गर्ने र काठमाण्डु र काठामाण्डुबाहिरका कलेजमा अध्ययनरत छात्राहरु पनि सहभागी हुन पाउने व्यवस्था गरेको बताइएको छ । प्रतियोगितामा ३६ जना प्रतियोगीहरु छनौट गरिने जनाइएको छ  ।
पुस अन्तिम साता प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने र विजेताले १ लाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति प्राप्त गर्नेछन् । फस्ट रनर अप र सेकेण्ड रनर अपलाई  क्रमश: ३५ हजार वरावरको ल्यापटप र १५ हजार वरावरको मोवाइल दिइने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us