वैज्ञानिकले विष खुवाएर मारे श्रीमती

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १४:०३ मा प्रकाशित

robert-ferranteएजेन्सी, २२ कात्तिक– अमेरिकामा एक वैज्ञानिक पत्नी हत्या प्रकरणमा दोषी ठहर भएका छन् ।

पेय पदार्थमा साइनाइड दिएर पत्नी हत्या गरेको आरोपमा न्यूरोसाइटिस्ट एवम् विश्वविद्यालयका पूर्वशोधकर्ता रोबर्ट फेर्रान्टे पक्राउ परेका हुन् । ६६ वर्षीय फेर्रान्टेमाथि पत्नी अटमन क्लेनलाई पेय पदार्थमा विष मिलाएर खान दिएको आरोप थियो ।

समाचारमा जनाइएअनुसार पत्नीले दोश्रो बच्चाका लागि दबाब दिएपछि फेर्रान्टे उनको हत्या गरेका हुन् । उनलाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ । फेर्रान्टेलाई दोषी ठहर गर्नुअघि अदालतमा १५ घन्टा लामो बहस भएको थियो ।

फेर्रान्टे दोषी ठहर भएको थाहा पाउनासाथ उनका आफन्त रोएका थिए । उनले सन् २०१३ को अप्रिल १७ मा पत्नीलाई विष दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us