दीक्षान्त समारोह चलिरहेकै बेला युवतीले स्तनपान गराएपछि…..

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १३:४८ मा प्रकाशित

stanpanकाठमाण्डु– अष्ट्रेलियाको विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी एक युवतीले बच्चालाई स्तनपान गराएको घटनाले हंगामा भएको छ ।

एक २४ वर्षीया युवतीले आफ्नो दोश्रो बच्चालाई दीक्षान्त समारोह चलिरहेकै बेला स्तानपान गराएकी थिइन् । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकम ६ हप्ताका छोरालाई स्तनपान गराएकी थिइन् ।

उक्त तस्वीर ती युवतीले नभई विश्वविद्यालयले नै आफ्नो बेइवसाइटमा राखेको हो । उक्त तस्वीरमा अहिलेसम्म सामाजिक सञ्जाल फेसबुकमा साढे २ लाख लाइक र हजारौँ शेयर भएका छन्  । उनकै आग्रहमा तस्वीर फेसबुकमा पोष्ट गरेको विश्वविद्यालयले जनाएको छ ।

उनले आमा बनेका छात्राहरुलाई अध्ययनलाई निरन्तरता दिन उत्प्रेरित गर्ने उद्देश्यले आफूले उक्त तस्वीर शेयर गरेको दाबी गरेकी छन् । तस्वीर सार्वजनिक गर्ने उनको साहसलाई धेरैले साहस र संघर्षको संज्ञा दिएकी छन् । केहीले भने उनको चर्को आलोचना पनि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us