अजय देवगण देखेर यमी गौतमको सातो उड्यो

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ६:०३ मा प्रकाशित

एजेन्सी – बलिउड नायक अजय देवगणसँग काम गर्दा नवनायिका यमी गौतमको सातो उडेको छ ।

Yamiयमी  चलचित्र ‘एक्सन ज्याक्सन’मा अजयसँग पहिलोपटक चलचित्रको ब्यानरमा देखा पर्दैछिन् । चलचित्र छायाङकनको क्रममा अजयसँग डराएर यमीले राम्रो अभिनयसमेत गर्न नसकेको फिल्म निर्माताले बताए ।

‘एउटा गंभिर सिनको छायाङकनका क्रममा अजयलाई देखेपछि मेरो सातो उड्यो ’ यमीले भनिन्, ‘आफूभन्दा ठुलो एक्टरसँग काम गर्दा सार्‍है असजिलो महशुस हुँदोरहेछ । ’ आफूले छायाङकनको क्रममा अजयलाई देखेर हाँसेको हास्यै भएको उनले उल्लेख गरिन् ।

‘एक्सन ज्याक्सन’मा सोनाक्षी सिंहा, कुणाल रोय कपुरको पनि अभिनय रहेको छ । चलचित्र डिसेम्बर ५ देखि प्रदर्शन हुनेछ ।

a

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us