
कामाण्डु, २१ भदौ– सात वर्षअघि म इमेज च्यानलमा अन्तर्वार्ताका लागि गएको थिएा । आलोक नेम्वाङ म्युजिक भिडियोसम्बन्धी कार्यक्रम चलाउने रहेछन् । उनैले बेलाएर गएको ।
पहिलो भेटमै म उनीसाग प्रभावित भएँ । हासिलो स्वभावको खुलेर कुरा गर्ने बानी मन पर्यो । मान्छे पनि उत्तिकै ह्याण्डसम । अन्तर्वार्तापछि चिया गफ भयो । म म्युजिक भिडियोहरु बनाउँथें । त्यतिबेलै हामी सँगै काम गर्ने कुरा भयो । पहिलाेपटक मेरो लाखौंपटक भन्ने गीतमा उनले निर्देशकको काम गरे । राम्रो भएको थियो । त्यसपछि हामी एकअर्कामा एकदमै मिल्ने साथी भयौं । बेलाबेलामा मेरो फोटो सेसन पनि गरिदिन्थे । स्वभावका कारण सामान्यता म मानिससँग छिट्टै नजिक हुन सक्दिन । तर मायालु प्रकारको स्वभावको आलोकसँग छिट्टै नजिक भएँ ।
उनले मेरो बदनाम भएछु म, सााझ ढल्दैछ, याद सााची कल्पिी बस्छुजस्ता थुप्रै गीतको म्युजिक भिडियोमा निर्देशन गरेका छन् । आलोक सानासाना कुराबाट पनि खुसी हुने मान्छे हो । सधैं रामाइलो कुरा गर्थे । ख्याल ठट्टा गर्न पनि जानेको । यस्तो मान्छेले किन आत्महत्या गर्नुपरेको होला ? घटना सुनेर एकदमै सक भइरहेको छ । जीवनसँग दिक्क लाग्ने केही भयो कि ? हामी दुवैजना व्यवस्त मान्छे । चार महिनाजति भयो भेट नभएको । फोनमा कहिले काहीं सामान्य कुरा भइरहन्थ्यो । फोनमा पहिलेजस्तै रमाइलो कुरा हुन्थ्यो । परिवर्तन भएको संकेत पनि मिलेको थिएन ।
खास गरी उनी निर्देशनमा पोख्त थिए । नयाँनयाँ आइडियाहरु कसरी ल्याउने भन्ने बारेमा सधैं सोचिरहने गर्थे । नयाँ आइडियाबारे कुरा पनि हुन्थ्यो हाम्रो बीचमा । भिडियोमा ‘ब्याक ग्राउण्ड’ र मोडलहरुको कपडाको कलरमा खेल्ने राम्रो क्षमता थियो । कोरियो ग्राफीसम्बन्धी राम्रो ज्ञान थियो ।
पछिल्लो समय ठूलो पर्दाका चलत्रिचमा समेत निर्देशन गरेका थिए । एउटा आशा लाग्दो युवा डाइरेक्टर गुमाउनु नेपाली चलचित्र क्षेत्रले गुमाएको छ । अमेरिकामा कला विषय पढेको मान्छे हो । काममा व्यवसायिक थिए । निर्देशन गर्नुपूर्व घरमै सबै तयारी गरेर आउँथे । राम्रो साथी र आशालाग्दो प्रतिभा गुमाउनुपर्दा गहिरो दु:ख लागेको छ । भन्नुपर्दा पत्याउन र पचाउन नसक्ने घटना भयो । बोल्ने गाह्रो हुने अवस्थामा छु । मुर्छा परुँलाजस्तो, कस्तो कस्तो भइरहेको छ ।