के आइन्स्टाइन पनि निराश हुन्थे ?

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ७:२२ मा प्रकाशित

एजेन्सी– के तपाईंलाई आइन्स्टाइनको जीवनको निराशाको पाटोबारे जान्न इच्छा छ ? छ भने प्रसिद्ध रंगकर्मी नसिरुद्धिन शाह अभिनित नाटक ‘आइन्स्टाइन’ हेर्न सक्नुहुन्छ । नाटक अहिले भारतमा भइरहेको पृथ्वी थिएटर फेस्टिबल २०१४ मा प्रदर्शन हुँदैछ ।
धेरैलाई लाग्छ, सफल वा प्रख्यात व्यक्तिहरु सधैं आशावादी वा सुखी नै हुन्थे । तर, यथार्थमा उनीहरु पनि निराशाका अनेक गौंडाहरु पार गरेर सफलताको आँगन टेक्ने हुन् । ‘आइन्स्टाइन’ नाटकमा पनि अल्बर्ट आइन्स्टाइनको यही पाटो देखाउन खोजिएको छ ।

einstein11
नसिरुद्धिन शाह आइन्स्टाइनको भूमिकामा अभिनय गर्दैछन् । नाटककार गेब्रियल इम्यानुअलको उक्त नाटकको निर्देशन पनि शाहले नै गरेका हुन् ।
विश्व प्रसिद्ध वैज्ञानिका अल्बर्ट आइन्स्टाइनलाई पनि जीवनमा निराशाले लखेटिरहन्थ्यो, असफलताहरुको डरले घेरिरहन्थ्यो भन्ने यथार्थ उक्त नाटकमा देखाउन खोजिएको छ ।
यो वर्षको पृथ्वी थिएटर फेस्टिबलको आरम्भ नै बुधबार ‘आइन्स्टाइन’ नाटकबाट हुँदैछ । फेस्टिबलमा यो वर्ष २५ वटा नाटक प्रदर्शन हुने र १२ दिनसम्म त्यो चल्ने आयोजकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us