
एजेन्सी– ६ सय मिलियन डलर कमाइका साथ शाहरुख खान सबैभन्दा धनी भारतीय कलाकारको सूचीमा परेका छन् ।
यसै वर्ष मेमा उनी संसारका दोस्रो धनी अभिनेता घोषित भएका थिए । सिंगापुरको वेल्थ एकस कम्पनीले गरेको एक सर्भेमा टप टेनको सूचीमा एकमात्र भारतीय स्टार थिए उनी ।
उनले टम क्रुज, जोनी डेप र टमह्याक्स जस्ता हलिउड स्टारलाई पछाडि पारेका थिए, भारतका त सबै स्टारलाई पछि पारे । शाहरुख बलिउडका सबैभन्दा व्यस्त स्टारमध्ये एक हुन् । उनको कमाई फिल्ममा अभिनयबाट मात्रै होइन, निर्माण र टिभी सञ्चालनबाट पनि हुन्छ ।
त्यसका साथै उनी आइपीएल र अरु ब्रान्ड प्रवद्र्धनमा व्यस्त हुन्छन् । उनी विज्ञापनबाट पनि राम्रो कमाउँछन् । उनी अहिले करिब ४० वटा ब्रान्ड प्रवद्र्धनमा लागिपरेका छन् । ६ महिना पहिले मात्रै उनले डिटिएचको तीन दिने सुटिङका लागि मात्रै सात करोड रुपैयाँ लिएका थिए ।
त्यसका साथै अवार्ड कार्यक्रम चलाउने, विवाह पार्टी वा कार्यक्रममा नृत्य गरेर पनि उनको कमाइ हुन्छ । विवाहमा नृत्य गरेको उनी करोडौं रुपैयाँ लिन्छन् । केही पहिले उनले दुबइमा एक विवाहमा नृत्य गरेको आठ करोड लिएका थिए ।
त्यस्तै मुम्बइमा भएको एक विवाहमा आधा घन्टा सहभागी हुँदा उनले पाँच करोड लिएका थिए । उनलाई हरेक वर्ष २ सय ५० भन्दा बढी विवाहबाट निम्ता आउँछन । तर केबल १० वटामा मात्रै सहभागी हुन भ्याउँछन् ।