राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार तीन जनालाई

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते २:१६ मा प्रकाशित

लहान, १८ कात्तिक– सिरहाका तीनजना अगुवा किसानले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाएका छन् ।
जिल्ला कृषि विकास कार्यालय सिरहाले चौतीसौं खाद्य दिवसका अवसरमा गरेको कार्यक्रममा तरकारीखेतीतर्फ माडरका किसान गौरीशंकर महतो, आँपखेतीतर्फ धनगढीका कुसुम मोक्तान र उखुखेती तथा बीउ उत्पादनतर्फ सिरहा गौरीपुरका किसान शिवशंकर यादवलाई नगदसहित पुरस्कृत गरिएको हो ।

पुरस्कारको राषी जनही १० हजार रुपैयाँ छ । काँग्रेस सभासद् सीतादेवी यादव र सिरहाका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले संयुक्त रुपमा तीनै जनालाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गरे ।
कृषिमार्फत आर्थिक विकासमा टेवा पुर्‍याएबापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us