
राजविराज, १७ कात्तिक– दसैंतिहारको बिदामा घर गएका कार्यालय प्रमुख एवम् कर्मचारी कार्यालयमा नहुँदा सेवाग्राही मारमा परेका छन् ।
सप्तरीमा रहेका सरकारीअन्तर्गत संस्थान समिति, निजामती तथा प्रयोजनका कार्यालय प्रमुख एवम् कर्मचारी नहुँदा काम विशेषले आएका सेवाग्राही रित्तोहात फर्किनु परेको राजविराज–१ का रामदेव चौधरीले बताए ।
सप्तरीमा करिब तीन दर्जन सरकारी कार्यालय रहेको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, एवम् वन, विद्युत् तथा सिाचाइका कर्मचारी खासगरी भेट्न नसकेको अत्यधिक गुनासो छ ।
यस सन्दर्भमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवसमेतलाई स्थानीय बासिन्दाले ध्यानाकर्षण गराएका छन् ।