वैद्य माओवादीका चार कार्यकर्ताविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ४:४३ मा प्रकाशित

maoist flagचितवन, १७ कात्तिक– प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध चार कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने तयारी गरेको छ ।

रत्ननगरस्थित नेपाल उच्चमाविभित्र पसेर कानुनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अमर खतिवडा, राजेन्द्र सापकोटा, भीम श्रेष्ठ र खड्गबहादुर श्रेष्ठ छन् ।

विद्यार्थी आशीष चक्रवर्ती मियाँले स्कुल पोसाक नलाएको विषयमा अनुशासन इन्चार्ज मनोज गुरुङले अभद्र व्यवहार गरी कुटपिट गरेपछि विवाद सुरु भएको थियो । सोही घटनामा बिनाकारण आफ्ना विद्यार्थी पक्राउ गरी मुद्दा चलाइएको भन्दै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी चितवनले विरोध जनाएको छ ।

तत्काल उनीहरुलाई रिहाइ नगरे कडा आन्दोलनमा उत्रने क्रान्तिकारीका केन्द्रीय सदस्य रुद्र भट्टराईले बताए । चितवन प्रहरीका प्रवक्ता शान्तिराज कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us