यस्ता छन् प्रधानमन्त्रीमाथि कांग्रेसभित्रैबाट लागेका दर्जन आरोप

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ४:१५ मा प्रकाशित

sushil daकाठमाण्डु, १७ कात्तिक–नेपालको दलीय व्यवस्थाको इतिहासमा दलमध्येको ठूलो दलको मान्यता पाएपछि त्यस्तो दल टुक्राटुक्रामा विभाजन हुने र त्यसले राष्ट्रिय राजनीतिमा मात्र होइन,विकासको गतिमा समेत बाधा अड्चन पुर्याउँदै आएको छ ।

यसरी ठुलो दलभित्र हुने विभाजन, गुटबन्दी र घृणित राजनीतिले राष्ट्रिय राजनीतिमा कूप्रभाव पार्दै आएको नकारात्मक इतिहास राख्नेमा नेपाली काँग्रेसको नाम अग्रपंत्तिमा रहँदै आएको छ । पाँच वर्षअघि नेपाली काँग्रेसले निष्कलंक, इमानदार, सिद्धान्त र कर्तव्यनिष्ठ सभापतिका रुपमा सुशील कोइरालालाई पाएको थियो । सुशील सभापतिमा निर्वाचित भएपछि काँग्रेसले बिग्रिएको छविमा सुधार ल्याउने र त्यसले राष्ट्रिय राजनीतिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा आमबुद्धीजीवी र काँग्रेस इतर पार्टीले समेत गरेका थिए ।

तर नेपाली काँग्रेसको मात्र होइन,नेपाल राष्ट्रकै दुर्भाग्य मान्नुपर्छ,प्रजातान्त्रिक भनिएको सुशील कोइरालाको नेतृत्वको काँग्रेस उनको पाँच वर्षको कार्यकालमा झनै अप्रजातान्त्रिक पथबाट अघि बढिरहेको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा एमाओवादीका नेताहरुको बद्नाम चरित्र र उसको पार्टीभित्र भएको फुट र गुटबन्दीका कारण नेपाली काँग्रेसले फाइदा उठाएर पहिलो दल बन्ने मौका पायो । यही मौकामा आफ्नो पार्टी सञ्चालनमा नालायकसिद्द भएका कोइरालाले नेपालको प्रधानमन्त्री बन्ने मौका पाए ।

बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको भूत लागेर हो कि के भएर हो काँग्रेसका असफल सभापति सुशील कोइराला नेतृत्वको संयुक्त सरकारले आज २ सय ६६ दिन पूरा गर्दैछ । नेपालका प्रधानमन्त्रीहरुको इतिहासमा कमभन्दा कम सिंहदरबार जाने, निर्णय क्षमता नभएका कमजोर कडीका रुपमा सुशील कोइरालाको नाम रहन गएको छ ।

एकातिर सुशील कोइरालाको सरकार गतिहिन अवस्थामा गुज्रिरहेको छ भने अर्कातिर सरकारको नेतृत्व गर्ने आफ्नै दलभित्रबाट प्रधानमन्त्री कोइराला आलोचनाका पात्र बनिरहेका छन् । कांग्रेस प्रधानमन्त्री कोइरालाको असक्षमताको कारण कांग्रेस पार्टी अहिले चार–पाँच गुटमा विभाजन भएको छ ।

गुटबन्दीमा पनि पार्टी सभापति पंत्ति नै सबैभन्दा कमजोर रहेको अवस्था छ । साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us