आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिँदै

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ३:३५ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक– आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाइँदैछ ।
ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।
काठमाण्डुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।
असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । आजका दिन तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर विवाह गरिदिने चलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us