प्रहरी कार्यालयमा प्रेसर कुकर बम विस्फोट

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ३:२५ मा प्रकाशित

ताप्लेजुङ, १७ कात्तिक– जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको मुल गेटमा गएराति शक्तिशाली बम विस्फोट भएको छ ।

कार्यालयको गेटमा राति करिब १० बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक कृष्णदेव चौधरीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट केही तार बरामद भए पनि विस्फोटमा संलग्नको पहिचान हुन सकेको छैन । घटनापछि रातभर प्रहरीले सदरमुकामलाई घेराबन्दीमा राखेर खानतलासी गरेको थियो । विस्फोटपछि सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us