भलिबल खेल हेर्दा युवतीलाई जेल

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते २:२१ मा प्रकाशित

एजेन्सी – इरानमा पुरुष भलिबल म्याच हेर्न स्टेडियम पुगेकी एक इरानी मूलकी बेलायती युवती गोन्चे गवामीलाई अदालतले एक वर्ष जेल सजाय सुनाएको छ ।
लन्डनबाट कानुनमा स्नातक गरेकी २५ वर्षीया गवामी जुनमा तेहरानमा भलिबल स्टेडियममा पक्राउ परेकी थिइन् । उनका वकिलले आइतबार इरानी सञ्चारमाध्यमलाई जानकारी दिएका छन्,‘अदालतले उनलाई एक वर्षको जेल सजाय सुनाएको छ । तर कारण खुलाइएको छैन ।’
उता,इरानी अधिकारीले गवामी र भलिबल म्याचको कुनै सम्बन्ध नभएको तर सुरक्षाका कारण उनलाई गिरफ्तार गरिएको बताएका छन् । अनुसन्धानका लागि उनलाई अदालतले जेल सजाय सुनाएको हुन सक्ने उनीहरुको अनुमान छ ।

गवामीको परिवार र उनको वकिलले उनलाई गिरफ्तार गरिनु र सजाय सुनाउनु मानवअधिकार हनन भएको भन्दै विश्व समुदायलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us