
काठमाण्डु, ११ कात्तिक– चितवनको माडीमा बोक्सी आरोपमा जिउँदै जलाइएकी महिलाको कथामा आधारित चलचित्र बन्ने भएको छ ।
दुई अर्षअघि जिउँदै जलाइएकी ढेगनी देवीको जीवनमा आधारित चलचित्र रक्तभोगको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । माडीमै छायांकन भइरहेको चलचित्रको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए ।
चलचित्रको बाँकी भाग काठमाण्डुमा छायांकन गरिने तिवारीले बताए । समाजमा घटिरहेका यथार्थ घटनामा आधारित भएर चलचित्र निर्माण गरेका कारण चलचित्रले आम दर्शकको मन छुने निर्देशक बीबी फुयालको विश्वास छ ।
चलचित्र रक्तभोग वास्तविक घटनामा आधारित रहेकाले अरु चलचित्रभन्दा पृथक रहेको फुँयालको भनाइ छ ।
चलचित्रमा शारिका घिमिरे, शैलेस पौडेल, कृष्णराज तिवारी, ज्योति सापकोटा, रचना पौडेल, रामचन्द्र लम्साल, रवि खनाल, पोदराज पौडेल आदिको अभिनय छ ।