रेखा र शाहरुखको दीपावलीमा भिडन्त

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ८:५८ मा प्रकाशित

एजेन्सी – चलचित्र निर्माताहरु दीपावलीमा चलचित्र प्रदर्शन गर्न कुरेर बसेका हुन्छन् । यस वर्षको दीपावलीमा पनि दुई चलचित्रबीच भिडन्त हुने भएको छ ।

REKHAफराह खान निर्देशित ‘ह्याप्पी न्यू इयर’ र अर्को ‘सुपर नानी’ को भिडन्त हुने भएको हो ।

शाहरुख खानले अभिनय गरेको ‘ह्याप्पी न्यू इयर’ र बलिउडकी चर्चित अभिनेत्री रेखा अभिनित ‘सुपर नानी’मा खान र रेखाको समेत लडार्इँ हुने भएको छ ।

शाहरुखले रेखालाई मनपर्ने अभिनेत्रीको कोटीमा राखेर हेर्ने गरेको बताएका छन् ।  साथै, रेखाले एक टेलिभिजन सो मा शाहरुखसँग मित्रवत व्यवहार गर्ने गरेको घोषणा गरेकी थिइन् ।

अभिनयमा खारिएका दुई हस्तीको अभिनयले कुन चलचित्रलाई बक्स अफिसमा पुर्‍याउने हो त्यो भने हेर्न बाँकी नै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us