
काठमाण्डु – ‘बिग बोस’ सिजन ७ का विजेता गौहर खान र कुशाल टंडनको प्रेमसम्बन्ध टुटेको छ ।
खबरअनुसार गौहरले कुशाललाई धर्म परिवर्तन गर्न दवाव दिएपछि उनीहरुको सम्बन्धमा फाटो आएको बुझिएको छ ।
कुशालले एक भारतीय टेलिभिजनको अन्र्तवार्तामा मलाई धर्म परिवर्तन गर्न दवाव आयो । तर मैले गौहरले भनेजस्तो सजिलोसँग धर्म परिवर्तन गर्न सकिन । अन्त्यमा, सम्बन्ध टुटाउनुको विकल्प नरहेको बताएका छन् ।
यी जोडीले पाकिस्तानी गायक उस्ताद फते अली खानको एल्बममा म्युजिक भिडियो गरेका थिए ।