काँग्रेस–एमाले नेता भन्छन्, ‘प्रचण्डले चाहे संविधान बन्छ’

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– सत्तारुढ काँग्रेस र एमालेका नेताले संविधान बन्ने कि नबन्ने भन्ने विषय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातमा रहेको बताएका prachandaछन् ।
दसैं, तिहार र छठ पर्वका अवसरमा एमालेले शनिबार मुख्यालय बल्खुमा गरेको चियापान कार्यक्रममा उनीहरुले प्रचण्डले चाहे मुलुकले तोकिएकै मितिमा संविधान पाउने बताएका हुन् ।

काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएर सहमति निर्माणका लागि लचिलो हुन प्रचण्डलाई आग्रह गरे । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान बन्ने वा नबन्ने विषय प्रचण्डको हातमा रहेको बताए ।

‘संविधान बन्छ कि बन्दैन, यो हामीले भन्ने विषय होइन’, सञ्चारकर्मीको एक जिज्ञाशामा नेपालले भने, ‘प्रचण्डले चाहे संविधान बन्छ, नचाहे बन्दैन ।’  नेपाललाई बोल्न रोक्दै प्रचण्डले आफूहरु लचकताको हदसम्म पुगेको भन्दै अब लचक हुने पालो काँग्रेस–एमालेको भएको बताए ।

१२ बुँदे समझदारी र शान्ति सम्झौता हुँदै सेना र हतियार बुझाउनु आफूहरुको लतकता भएको चर्चा गर्दै उनले संविधानका विवादमा लचक हुन काँग्रेस–एमालेलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us