
काठमाण्डु – बलिउड अभिनेता शाहरुख खानले जनताले आफ्नो लोकप्रियतालाई प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्नु खुसीको खबर भएको बताएका छन् ।
प्रदर्शनको तयारीमा रहेको नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’ को प्रमोशनमा व्यस्त रहेका शाहरुखले पत्रकारसँगको कुराकानीको क्रममा प्रधानमन्त्री मोदीजीसँग मेरो लोकप्रियतालाई तुलना गर्नु खुसीकाु बात रहेको बताएका हुन् ।
शाहरुखले भने – ‘मेरो र मोदीजीको फरक क्षेत्र हो । मोदीजी असल र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्व हुनुहुन्छ । उहाँसँग जनताले मुलुकमा शान्ति, सुख, आर्थिक संवृद्धि चाहेका हुन्छन् । चलचित्रकर्मीको नाताले जनताले मबाट मन छुने भूमिकामा देखिएर मन बहलाउने चलचित्र खेलोस् भन्ने आशा गरेका हुन्छन् ।’
मोदीजीसँग मेरो तुलना गर्नु मेरो लागि सराहनिय पक्ष रहेको भन्दै सबैको खुलेर प्रशंसा गरे ।