दाङ, ३० असोज – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य ‘किरण’ले आफ्नो पार्टी शक्तिहिन भएको बताएका छन् । नफुट्नु पर्ने पार्टी फुट्दा एमाओवादी र आफूहरुलाई थेग्न नसक्ने क्षति पुगेको छलफल चौतारी दाङले बिहीबार घोराहीमा गरेको साक्षात्कारमा अध्यक्ष किरणले बताएका हुन् ।
साक्षात्कारमा बोल्दै किरणले प्रमुख तीन दल दिल्ली दरवारवाट सञ्चालित भएको आरोप लगाएका छन् । कांग्रेस, एमाले र एमाओवादीमा कुनै फरक नभएको टिप्पणी गरे ।
संविधान निर्माण र देश विकासमा सहमतिको विकल्प नभएको भन्दै किरणले जवरजस्ती पेलेर लग्न खोजे द्वन्द्वको विजारोपण हुने चेतावनी दिए ।
सत्ता र वहुमतको आडमा कांग्रेस-एमाले अघि बढ्न खोजे उनीहरुकै लागि घातक हुने उनको भनाइ छ ।
उनले नयाँ संविधान र राजनितिक निकासका लागि गोलमेच राजनितिक सम्मेलन बाहेक अन्य कुनै विधि आफूहरुलाई मान्य नहुने बताए ।