६४ लाख पर्ने सारी पहिरिने व्यक्ति

काठमाण्डु टुडे २०७१ असोज ३० गते ११:०९ मा प्रकाशित

काठमाण्डु – भारतीय एक कम्पनीले संसारकै महङ्गो सारी बनाएको छ । चेन्नइ सिल्कबाट निर्मित यो सारीको मूल्य ६४ लाख रुपैयाँ रहेको छ ।

sareeरवि बर्माले पेन्टिङग गरेको यो सारी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा संसारकै महङगो सारी शिर्षकमा दरिएको छ ।

८ केजी तौल रहेको सारीमा १२ प्रकारका जुहारत प्रयोग गरिएको छ । यसको निर्माण गर्न ४ हजार ७ सय ६० घण्टा लागेको कम्पनीले बताएको छ ।

यो सारी कुवेतका एक व्यापारीको आग्रहमा निर्माण गरेको कम्पनीले जानकारी दिएको छ । सारीको नाम ‘विवाह पटु’ दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us