एमाओवादी चार सभासद मन्त्रिपरिषदबाट मनोनित

काठमाण्डु टुडे २०७१ असोज ३० गते ९:२९ मा प्रकाशित

काठमाण्डु, ३० असोज – मन्त्रिपरिषदले एकीकृत माओवादी पाएको चार सभासदलाई मनोनित गरेको छ । मन्त्रिपरिषदको विहिवारको बैठकले एमाओवादीको सिफारिसमा चार सभासद मनोनित गरेको हो ।

opmcमनोनित हुनेमा एमाओवादीका दिवंगत उपाध्यक्ष पोष्टवहादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, पूर्वसचिव जनकराज जोशी, वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठ र बझाङका माओवादी नेता जनकबहादुर बुढा छन् ।

कांग्रेस र एमालेको कोटाबाट यसअघि नै १८ जना मनोनित भइसकेका छन् । अब साना दलका चारजना मनोनित हुन बाँकी छन् ।

मन्त्रिपरिषदको विहिवारको बैठकले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा मुकेश काफ्लेलाई नियुक्त समेत गरेको छ ।

यसैगरी राष्ट्रिय समाचार समिति (रासस०को कार्यकारी महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यात नियुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us