हिन्दु देवी–देवताको तस्वीर गुप्ताङ्ग छोप्ने कपडामा छापेको भन्दै विरोध

काठमाण्डु टुडे २०७१ असोज २९ गते ६:५० मा प्रकाशित

काठमाण्डु – हिन्दु देवी – देवताको तस्वीर महिलाले लगाउने पाइन्ट (लेगिङ्स)मा छापेर बेचेको विरुद्ध हिन्दुवादीले विरोध जनाएका छन् ।

aअनलाइन सपिङ जाइन्ट अमेजन डट कम अमेरिकाले लेगिङ्समा तस्वीर छापेर बेचिरहेको विरोधमा हिन्दुवादीले तुरुन्त हटाउन माग गरेको हो ।

युनिभर्सल सोसाइटी अफ हिन्दुइज्मका अध्यक्ष राजन जेदले करौडौ हिन्दु धर्मावलम्बीहरुले मन्दिर पुज्दै आएका देवी देवतालाई खुट्टा, तिघ्रा र जाँघ छापेर हिड्ने कपडामा छाप्नु घोर अपमान भएको बताएका छन् ।

सोसाइटीले माफीपत्र लेखेर आत्मआलोचना गर्नुपर्ने आग्रहसमेत गरेको छ ।

यसअघि अमेरिकाको एक कम्पनीले भगवान बुद्धको तस्वीर जुत्तामा छापेको घटनामा माफी माग्न बाध्य भएको थियो ।

amazon-shopping

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us