एमाओवादीले सभासद सिफारिस गरेका श्रेष्ठ भन्छन्, ‘माओवादी ह्वीप मान्दिन’

काठमाण्डु टुडे २०७१ असोज २९ गते ६:०९ मा प्रकाशित

काठमाण्डु, २९ असोज– एमाओवादीले २६ जनामध्येबाट सभासदका लागि सिफारिस गरेका बाम विश्लेषक श्याम श्रेष्ठले आफूले कुनै पार्टीको प्रतिनिधित्व नगर्ने बताएका shyamछन् ।
आफू नागरिक आन्दोलनका तर्फबाट प्रंतिनिधित्व गरेर संविधानसभामा जान लागेकाले दलीय ह्वीप नमान्ने बताए । नागरिकको प्रतिनिधि भएकाले नागरिककै भाषा बोल्ने उनको भनाइ छ । श्रेष्ठले आफू एमाओवादी संसदीय दलको बैठकमा समेत नजाने प्रष्ट्याए ।

‘२६ जनामा दलीय भागबण्डा भएकाले कसै न कसैको सिफारिसबिना त त्यो ठाउँमा पुग्न सकिंदैन’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘म नागरिक आन्दोलनका तर्फबाट संविधानसभामा जान लागेको हुँ, नागरिकको भावनाअनुसार आफ्नो विवेकले देखेको कुरा गर्छु, पार्टीको भ्वाइस बोल्दिन ।’

श्रेष्ठले संविधानसभामा स्वतन्त्र भूमिका निार्वह गर्ने क्रममा पार्टीका तर्फबाट दबाब आए सभासद् पद नै त्याग्ने घोषणासमेत गरे ।  संविधानसभालाई केही नेताले अनिर्णयको बन्दी बनाएको भन्दै उनले आफू त्यसका विरुद्धमा उभिने बताए ।

संविधान बन्न नसकेको अवास्थामा आफूमाथि पनि दोष आउने भएकाले दलहरुको सिण्डिकेट स्वीकार नगर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us