हिमपातले मनाङ र मुस्ताङमा २४ को मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २९ गते ९:२२ मा प्रकाशित

मनाङ, २९ असोज – मनाङ र  मुस्ताङमा हिमपातले २४ जनाकाे मृत्यु भएको छ ।

मनाङकाे नारमा ३ र फूमा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लाछिानेले जानकारी दिए । उनका अनुसार नारमा तीन नेपालीको मृत्यु भएको छ । उनीहरु स्थानीय हुन् ।

फूमा चार क्यानेडियेली र एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन जना क्यानेडिन नागरिक र एक नेपालीको उद्धार गरिएको छ ।

त्यस्तै मुस्ताङमा हिमपातबाट १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै स्थानीय भएको प्रहरीले बताएको छ ।

अन्नपूर्ण ट्रेकमा गएका ९ नेपाली र ७ जना विदेशी नागरिकको हिमपातमा परी मृत्यु भएको पुष्टि भएको छ ।

‘डमक्यामदेखि थोराङपाससम्मको यात्राका क्रममा उनीहरुको मृत्यु भएको हो’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए ।

उनका अनुुसार १९ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरसहितको टोली उद्दारमा खटिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us