काठमाण्डु, २९ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम साताव्यापी चीन भ्रमणका सिलसिलामा बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान जारी नभएसम्म विदेश भ्रमणमा नजान सरकारका मन्त्री र सभासदहरुलाई पटकपटक गरेको आग्रहलाई बेवास्ता गर्दै गौतम चीन गएका हुन् ।
चीनको गृह मन्त्रालयको औपचारिक निमन्त्रामा गएका गौतमले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने उनका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । भ्रमण टोलीमा पत्नि तुलसी थापा, निजी सचिव प्रेमलाल लामिछाने, गृह मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उपसचिव शेषनारायण गौतमलगायत छन् ।
चिनियाँ पक्षसँगको भेटघाटका क्रममा गौतमले गृह मन्त्रालयको भवन निर्माण र सशस्त्र प्रहरीका लागि अत्याधुनिक तालिम केन्द्र भवन निर्माणका लागि सहयोग गर्न आग्रह गर्ने बताइएको छ ।
यस्तै सीमा सुक्षाका विषयमा समेत द्विपक्षीय छलफल हुनेछ । दैवी प्रकोपका बेला आपतकालिन उद्धार र राहतका लागि सघाउन चीन सरकारलाई आग्रह गर्ने तयारीसमेत नेपाली पक्षले गरेको छ ।