थाई प्रेमीकासँग पारसको सम्बन्ध बिग्रिएको खबरले ज्ञानेन्द्र मख्ख

काठमाण्डु टुडे २०७१ असोज २९ गते ४:३४ मा प्रकाशित

काठमाण्डु, २९ असोज– हुने कुरा भएरै छाड्दोरहेछ । प्रेमिका कन्निका चाइसानको सुराकीका आधारमा पूर्वयुवराज पारस लागुऔषधसहित थाई प्रहरीको फन्दामा छन् ।
ganendraजुन कारणले उनलाई परिवारले नेपाल नआओस् भनेको थियो र जुन जिद्धी नछोड्दा पारस देश र परिवारसँग टाढिएका थिए, अन्ततः नरहे बाँस, नबजे बाँसुरीजस्तो हुन पुगेको छ ।
अर्थात् पछिल्लो गिरफ्तारीपछि थाई प्रेमिका चाइसानको ब्लाकमेलिङमा परेको र उनको माग पूरा गर्न नसक्दा उनकै सुराकका कारण आफू समातिएको खबर पारसले निर्मल निवासमा पठाएका छन् ।

बैंककस्थित पारसका निकटहरुले यो खबर टेलिफोनमा पारस पत्नी हिमानीको कानमा पारेका छन् । र, खबरसँगै छोरो सुध्रने आशामा छन् बाबु तथा पूर्वराजा ज्ञानेन्द्र पनि ।

हृदयघातपछि आराम गर्नुपर्ने ज्ञानेन्द्र पारस पक्राउको खबरले निराश मात्र भएका थिएनन् यस्तो बेइज्जतीपूर्ण जीवन बाँच्नुको सार नहुने भन्दै परिवारसँग असन्तुष्टि पोख्दै थिए । तर, प्रेमिकाप्रति पारसको मोह भंग भएको र उनीबिना पनि बाँच्न सक्ने खबर सुनेपछि ज्ञानेन्द्र केही तंग्रिएका छन् जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us