सूचना चुहिँदा बालुवाटारमा सनसनी

काठमाण्डु टुडे २०७१ असोज २९ गते ४:२८ मा प्रकाशित

काठमाण्डु, २९ असोज– प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार एउटा मामुली समस्याले रन्थनिएको समाचारले धेरैलाई आश्चर्यमा पार्न सक्छ ।

Baluwatar
सुशील कोइरालालाई असहयोग हुने गरी कामकारबाही अन्त कतैबाट नभई बालुवाटारबाटै भएपछि बालुवाटारमा बसेर मिडिया र अन्यत्र सूचना लिक गर्नेहरुको खोजीमा कोइरालाको सहयोगी टिम लागिपरेको छ ।
केही दिनअघि दसैं खर्च भन्दै कांग्रेसी कार्यकर्तालाई रकम बाँडिएको लिस्ट सार्वजनिक भयो । सुशील कोइरालासँग आफू छँदासम्म सूचना कहिल्यै लिक नहुने गरेको र अहिले विदेशी नागरिकता र पिआर लिएकाहरुको हुल बालुवाटारमा हुलेपछि सूचना बेच्ने र कोइरालाको नाम बद्नाम गर्ने गरेको कोइरालाको पूर्वसहयोगी लक्ष्मण ढकालले बताएपछि अनुसन्धान उनीतिरै सोझियो ।

मृदुला कोइराला, प्रभा शर्मा भण्डारीलगायत पीआर होल्डरको टिमले निसाना उनै ढकालतर्फ सोझाएका छन् । धादिङ कांग्रेसकी नेत्री उर्मिला थपलियासँग बिहे गरेका, विशेष प्रहरीका इन्स्पेक्टर मोहना आचर्य, अनिल खनाल र चेवन ढकालले लक्ष्मण ढकालको योजनामा बालुवाटारको सूचना चुहाउने गरेको आशंका मृदुला टिमले गरेको छ ।

प्रधानमन्त्री कोइरालाको कार्यालयबाट बाँडिएको २२ लाख रुपैयाँमध्ये अर्थ मन्त्रालयबाट तत्काल ११ लाख निकाशा गरेर बाँडिएको रकमको बाँकी अंश पनि अर्थले क्रमस: बालुवाटारालाई उपलब्ध गराउन थालेको छ । जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us