हिउँमा चिप्लिएर एकको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २९ गते ४:१६ मा प्रकाशित

जुम्ला, २९ असोज– अविरल वर्षासँगै भएको हिउँमा चिप्लिएर जुम्लामा एकको मृत्यु भएको छ ।
जुम्लाको मेल्छा गाविस– ७ निवासी २६ वर्षका रतन रासकोटीको हिउँमा चिप्लिएर मृत्यु भएको हो । मेल्छा गाविसका बासिन्दा केही दिन अगाडि वनमा जडिबुटी सङ्कलन गर्न गएका थिए ।

सोमबार रातिदेखि भारी हिमपात भएपछि बुधबार बिहान घरमै फर्कने क्रममा चिप्लेर घाइते भएकामा घरमा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका आफन्तलाई उद्धृत गर्दै टेकबहादुर शाहीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us