बबरमहलमा दुर्घटना गराउने चालक प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ असोज २९ गते ३:४७ मा प्रकाशित

काठमाण्डु, २९ असोज– तीनजनाको ज्यान जाने गरी बस दुर्घटना गराउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बबरमहलमा सोमबार साँझ बस दुर्घटना गराउने चालक सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई काठमाण्डु प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेको धुलिखेलबाट रत्नपार्क जादैं गरेको बा १ ख ८६७६ नम्बरको बस अर्को बसलाई ओभरटेक गर्ने क्रममा सडकमा पल्टिदाँ चार वटा मोटरसाइकल किचेको थियो । मोटरसाइकलमा सवार ३ जनाको ज्यान गएको थियो । यस्तै ८ जना घाइते भएका थिए ।

चालक तामाङले गाडीको बीचबाट आएको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासतमा रहेका उनले दुर्घटनापछि डराएर आफू भागेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us