जसले ६ वर्षमै छोरा जन्माइन्

काठमाण्डु टुडे २०७१ असोज २९ गते ३:३३ मा प्रकाशित

एजेन्सी– बेलाबेलामा यस्ता समाचार सुन्नमा आउँछन्, जसलाई पत्याउन गाह्रो पर्छ । यस्तै समाचार सन् १९३३ मा पेरुको तिक्रापो इलाकाबाट आएको थियो । पेरुकी ६ वर्षकी lina-medinaबालिकाले एउटा स्वस्थ बच्चालाई जन्म दिएको समाचारले सबैलाई चकित बनाएको थियो ।
लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् । यसलाई चिकित्सा विज्ञानको इतिहासमा आजसम्मकै विचित्र घटनाका रुपमा लिइन्छ । सबैभन्दा कम उमेरकी आमाका रुपमा लिनाले बनाएको रेकर्ड आजका मितिसम्म कसैले तोड्न सकेको छैन ।

पाँच वर्षको उमेरमा लिनाको पेटको आकार बढ्न थालेपछि बाबुआमा चिन्तित भएका थिए । त्यसपछि उनीहरुले अस्पताल लगेर छोरीलाई जँचाएका थिए । सुरुमा उनको पेटमा ट्युमर रहेको आशंका गरिएको थियो ।

चेकजाँचपछि डाक्टरहरुले उनको पेटमा सात महिनाको बच्चा रहेको बताउँदा लिनाका बाबुआमा मात्र होइन, पूरै संसार चकित भएको थियो । १४ मे १९३९ मा लिनाले छोरो जन्माइन् । शल्यक्रिया गरेर उनको पेटबाट बच्चा निकालिएको थियो ।

डाक्टरहरुले आठ महिनामै उनलाई पहिलोपटक रजस्वला भएको पुष्टि गरेको थिए ।
लिनाले आफ्नो छोराको बाबु को हुन् भन्ने कहिल्यै बताइनन् । उनका बाबुलाई यसका लागि जिम्मेवार भएको आशंकामा पक्राउ गरिए पनि प्रमाण नजुटेपछि छाडिएको थियो ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us