एमाले नेतृ रामकुमारीको कथामा आधारित चलचित्र बन्ने

काठमाण्डु टुडे २०७१ असोज २८ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, २८ असोज – एमाले युवा नेतृ रामकुमारी झाँक्रीको जीवनमा आधारित चलचित्र बन्ने भएको छ । सूर्य दिप रेग्मीले ‘रामकुमारी’ नाम राखेर फिल्म बनाउने भएका हुन् ।

ramkumari jhakriफिल्ममा नेपाली राजनीतीमा महत्वकांक्षा पालेकी युवतीको चरित्र प्रस्तुत गर्न खोजिएको छ । झाँक्रीले भनिन्, ‘सूर्य जीहरुले तपाइसँग नजिक रहेर सिनेमा बनाउाछौं भन्नु भयो मैले हुन्छ भनें ।’

झाँक्रीले अनुमति दिएपछि फिल्म निर्माण समुहले झाँक्रीले पढेको स्कुल गुल्मीको स्कुलमा पुगेर अध्ययन गर्नुको साथै उनलाई पढाउने शिक्षकहरुसँग झाँक्रीको वारेमा सोधखोज गरेका थिए ।

उनको राजनीतीक आन्दोलनका वारेमा पनि अध्ययन गरेको निर्माण पक्षले बताएको छ । फिल्म ब्यावसायिक भएकाले पर्दामा झाँक्रीलाई महत्व नदिने योजनामा निर्माण पक्ष रहेको छ ।

तर, एमाले महाधिवेशनमा केन्द्रीय सदस्य जितेको क्षणलाई भने पर्दामा प्रस्तुत गर्ने निर्देशकको योजना छ । दशैं अगाडी नै सिनेमाको प्राविधिक काम सकिएपनि सुटिङ भने मंगलवारवाट सुरु भएको छ । गुल्मी, काठमाण्डु र सूर्खेतमा सुटिङ गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

Ramkumari-1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us