काठमाण्डु, २८ असोज – नायिका स्वेता खड्काले दिवंगत पति नायक श्रीकृष्ण श्रेष्ठको परिवारको छोरी बहिनीको दर्जामा रहेर अघि बढ्ने बताएकी छन् ।
श्रीको परिवारको तस्वीर फेसबुकमा शेयर गर्दै स्वेताले लेखेकी छन् – ‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’
उनले अघि लेखेकी छन्- ‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनी भएर हजुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ कुनै गल्ती भए सुधार्ने मौका दिन आग्रह गर्दै उनले आफूलाई आफ्नै छोरी बहिनीको दर्जामा राख्ने विश्वास व्यक्त गरेकी छन् ।
पती गुमाउँदा सर्वश्व गुमाएको अनुभूति भएको भन्दै उनले जिउँदो भएपनि मरेको लास सरह बाच्नु पर्दो रहेछ भनेकी छन् ।