सिके राउतलाई धरौटीमा छोड्न विशेष अदालतको आदेश

काठमाण्डु टुडे २०७१ असोज २८ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, २८ असोज – विशेष अदालतले डा सिके राउत ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

ck rautन्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतसँग धरौटीमा माग गरेको हो । अहिले राउत पक्षधर धरौटी बुझाउने प्रक्रियामा छन् ।

जन्मकैदको माग गर्दै असोज २२ गते विशेष अदालतमा राउतविरुद्ध राज्यविप्लवको मुद्धा दायर भएको थियो । मोरङको सोराभाग – ३, रंगेलीमा सर्वसाधारणलाई भेला गराई डर त्रास फैलाई आतंकित बनाई सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गरेको अभियोग थियो ।

राउतले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र सोही व्यहोरोको लेख रचना तथा किताब छपाई मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खदल पुरी अव्यवस्था उत्पन्न गराएको अभियोग थियो ।

तर, राउतले अदालतमा बयान परेका छन् । उनले आफूले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ नभनेको बयान दिएको अदालत स्रोतले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us