
काठमाण्डु – स्पेनिश कलाकार पेनलोप क्रुज संसारकै सेक्सी जीवित महिला बनेकी छन् ।
‘स्क्वायर म्यागजिन’ले दिने यो उपाधि जित्ने पेनलोप ११ औं महिला हुन् ।
ओस्कार विजेता ४० वर्षीया पेनलोप म्यागजिनको आगामी अङकको आवरण पृष्ठमा छाउने भएकी छन् ।
नयाँ चलचित्र छायाङकनमा व्यस्त पेनलोपले सो म्यागजिनसँग कुनै व्यक्तिगत बात गर्न नमानेको म्यागजिनले बताएको छ ।
यसभन्दा अघि याे उपाधि स्कारलेट जाेहानसनले हात पारेकी थिइन् ।