डेढ महिना कता हराएका थिए उत्तर कोरियाली नेता किम ?

काठमाण्डु टुडे २०७१ असोज २८ गते ५:०४ मा प्रकाशित

एजेन्सी– उत्तर कोरियाली नेता  किम जोङ उन झण्डै डेढ महिनापछि सार्वजनिक भएका छन् ।
kim 2अन्तिमपटक गत भदौ १८ गते एक संगीत कन्सर्टमा भाग लिएका ३२ वर्षीय राष्ट्रपति किम मंगलबार वैज्ञानिकहरुका लागि निर्मित आवासीय परिषरको निरीक्षण भ्रमणका क्रममा सार्वजनिक भएका हुन् ।

डेढ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएपछि उनको अवस्था र शासन सत्ताबारे अनेकन अनुमान गरिएको थियो । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनलाई सेनाले बर्खास्ती गरेको भन्ने समाचारसमेत सार्वजनिक गरेका थिए ।

kim 3डेढ महिनापछि सार्वजनिक भएका किमको लौरो टेकेको तस्वीर त्यहाँको सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको छ । समाचारमा व्यक्तिगत असहजताका कारण किम लामो समय सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेको जनाइएको छ ।

गत महिना उत्तर कोरियाको सरकारी टेलिभिजनले किम बिरामी रहेको समाचार सार्वजनिक गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us