यस्ता छन् रेखाका १० प्रेमी

काठमाण्डु टुडे २०७१ असोज २८ गते २:५५ मा प्रकाशित

एजेन्सी- सन् ७० को दशकबाट बलिउड पर्दामा आफ्नो जादु चलाएर दर्शकको हृदयमा बसेकी अभिनेत्री रेखा ६० वर्षकी भइन् ।
rekhaसन् १९६६ मा उनी पर्दामा देखा परिन् बालकलाकारका रुपमा । फिल्म थियो, रंगुला रत्नम् । तमिल, तेलगु, कन्नड भाषासहितका झन्डै दुई सय फिल्ममा उनले काम गरिसकेकी छन् । उनको विवाह व्यवसायी मुकेश अग्रवालसँग भएको थियो । तर, नाम भने धेरै अभिनेतासँग जोडियो । त्यसकारण पनि उनको रिल जीवन र रियल जीवन चर्चामा रहिरह्यो । अझै पनि कुनै न कुनै रुपमा उनी चर्चामै छिन् ।
रेखाको प्रेम जीवन साजिद खानबाट सुरुवात हुन्छ । महबुब खानका छोरा साजिद महबुब स्टुडियोका मालिक थिए । उनी अमेरिकाबाट फर्किएका थिए, आधुनिक विचारधाराका थिए । कामकै सन्दर्भमा उनीहरुबीच निकटता बढ्यो । तर रेखाको जीवनमा जब नवीन निश्चलको प्रवेश भयो, उनी साजिदसँग टाढिइन् ।
नवीन निश्चलसँगको प्रेम जीवनपछि उनी विश्वजीतसँग नजिक भइन् । आकर्षक छविका कारण दर्शकलाई मुग्ध पार्ने अभिनेता विश्वजीतसँग पनि उनको सम्बन्ध नजमेपछि रेखको सम्बन्ध जितेन्द्रतिर अघि बढ्यो । जितेन्द्र त्यतिबेला फिल्म उद्योगमा छाएका थिए । तर जितेन्द्रले उनलाई खासै वास्ता नगरेपछि उनीहरुको सम्बन्ध अघि बढ्न सकेन ।
त्यसपछि रेखा अभिताभ बच्चनको प्रेममा परिन् । बलिउड उद्योगमा सबैभन्दा चर्चितमध्येको प्रेमकहानी हो, रेखा र अमिताभको प्रेम । तर, अन्त्यमा अमिताभले रेखाको प्रेम स्वीकार नगरेपछि उनीहरुको सम्बन्ध अघि बढ्न सकेन । रेखा भने प्रेमका लागि सदैब तयार थिइन् ।
त्यसपछि रेखा शत्रुध्न सिन्हा, विनोद मेहरा र यश कोहलीसँगको प्रेम चक्करमा परिन् । यी कुनै पनि प्रेम टिकाउ भएनन् । तर पछि रेखाले सन् १९९० मा नयाँदिल्लीका व्यवसायी मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर, विवाहको केही महिनापछि मुकेशले आत्महत्या गरे । त्यसपछि प्रेम सम्बन्धबाट टाढै रहेकी रेखाको नाम कसैसँग जोडिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us