सेक्स भिडियो देखाएर पैसा असुल्ने नायिका पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २५ गते १०:३४ मा प्रकाशित

एजेन्सी– भारतीय अभिनेत्री नयना कृष्ण पक्राउ परेकी छन् ।
Nayanaसेक्स भिडियोमार्फत ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको हो । पछिल्लो पटक एक चिकित्सकसँग नयनाले सेक्स भिडियो देखाउँदै १ करोड मागेको आरोप प्रहरीको छ ।

प्रहरीका अनुसार नयनाले त्यसरी सेक्स भिडियो देखाएर पैसा असुल्ने समूह नै बनाएकी छन् । पहिला पैसावालहरुसँग सेक्स गर्ने र सेक्स भिडियो खिच्ने अनि त्यसपछि भिडियो देखाएर पैसा माग्ने धन्धा नै चलाएको अभियोग उनीमाथि छ ।
यसअघि कसैले पनि त्यसरी प्रहरीमा उजुरी गर्न सकेका थिएनन् । तर चिकित्सकले उजुरी गरेपछि नयना पक्राउ परेकी हुन् । यद्यपि, उनले उजुरी दिनुअघि नयानालाई २५ लाख बुझाइसकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us