
एजेन्सी– अमेरिकामा एक युवकले आमाको पाशविक हत्या गरेर लासमाथि बलात्कार गरेका छन् ।
टेक्सास राज्यस्थित नुसेस काउन्टीका १८ वर्षीय केभिन जाजरेल डेभिस नामक युवकले आमालाई हथौडाले हिर्काएर मारेपछि शवमाथि बलात्कार गरेका हुन् । उनलाई उक्त कसुरमा अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
अदालतमा बयान दिने क्रममा ती किशोरले गत २८ मार्चमा आमा किम्बर्ली हिललाई हथौडाले हिर्काएर मारेको र त्यसलगत्तै आमाको शवमाथि बलात्कार स्वीकार गरेका छन् । आमाको शवसँगको आफूले जीवनको पहिलो सम्भोग गरेको उनको भनाइ छ । आफ्नो मानसिक अवस्था ठीक रहेको र होसमै त्यस्तो काम गरेको उनले बताएका छन् ।