नेपाली फिल्म खेल्ने अमिरको चाहना

काठमाण्डु टुडे २०७१ असोज २४ गते २:५३ मा प्रकाशित

काठमाण्डु, २४ असोज–  ‘तपाईं नेपाली फिल्म हेर्न कत्तिको इच्छुक हुनुहुन्छ ?’ सायद प्रश्न हास्यास्पद पनि थियो । भारतीय अभिनेता अमिर खानले पनि हाँसो थाम्न amir khanसकेनन्, हाँसे ।

अमिरलाई युनिसेफको दक्षिण एसियाली सद्भावना दूत घोषणाका लागि आयोजित औपचारिक कार्यक्रममा उपस्थितलाई पनि विषयान्तर गरेको उक्त प्रश्नले हँसायो ।

पत्रकारको प्रश्नको जवाफ फर्काउनुअगाडि नै झन्डै दस मिनेट प्रजनन र शिशु स्याहारका मुद्दामा आफ्नो मन्तव्य दिइसकेको अमिरले भने उक्त फिल्मी सवाललाई भने हाँसोमा उडाएनन् ।

बरु केही समालिए, अनि कूटनीतिक जवाफ फर्काए ,‘मैले बलिउड र हलिउडकै फिल्म पनि खासै हेरेको छैन । मन नपरेर चाहिँ होइन । अधिकांश खाली समय मेरो पुस्तक पढेरै बित्छ ।’ फेरि सोधियो, ‘नेपाली फिल्म खेल्ने प्रस्ताव आएमा ? ’झुस्स दाह्री, नमिलेका कपाल अनि टिसर्ट जिन्समा अनौपचारिक शैलीमा उपस्थित आमिर फेरि बोले ,‘मलाई नेपाली फिल्म हेर्ने पनि इच्छा छ ।

नखेल्ने भन्ने पनि हुँदैन । खेल्छु तर भाषागत सहजता भने हुनुपर्छ । यदि भाषामा नै पकड नभए खेल्न गाह्रो हुन्छ । नत्र म अफ्रिका,इन्डिया जहाँको भए पनि खेल्छु । कुन ठाउँको फिल्म भन्ने हुँदैन । मानवताको नाताले कथाले छोयो भने खेल्न तयार छु ।’
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us