आठ निजी सुरक्षागार्डसहित अमिर खान नेपालमा

काठमाण्डु टुडे २०७१ असोज २२ गते २:४५ मा प्रकाशित

काठमाण्डु, २२ असोज- भारतीय अभिनेता आमिर खान कहिले ‘थ्री इडियट्स’ मार्फत शिक्षा सुधारको कुरा गर्छन्, कहिले ‘तारे जमिन पर’ का केटाकेटीको लेखपढमाथि जागरण amir khanल्याउँछन् त कहिले टेलिभिजन कार्यक्रम ‘सत्वमेव जयते’ मार्फत दबिएका सामाजिक विषयलाई राष्ट्रिय मुद्दा बनाउँछन् ।
बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ उपमा पाएका यी अभिनेता फिल्मका लागि जति चर्चित छन्, उति नै ख्याती कमाएका छन्, सामाजिक अभियान्तका रुपमा । उनै अमिर खान राष्ट्रसंघीय बालकोष ९युनिसेफ० को बालबालिका पोषणसम्बन्धी कार्यक्रमका लागि दक्षिण एसियाली सद्भावना दूत बनेको छन्, जसको औपचारिक घोषणा बिहीबार काठमाण्डुबाट हुँदेछ ।
यही कार्यक्रम सिलसिलामा आमिर मंगलबार दिउँसो काठमाण्डु आएका छन् । साढे एक बजेको जेट एअरवेजबाट आफ्ना आड निजी सुरक्षागार्डसहित काठमाण्डु ओर्लेका उनी द्वारिकाज होटलमा बसिरहेका छन् । उनी यहाँ आएदेखि होटल परिसरभित्रै  रहेको स्रोतले बतायो । नेपाल सरकार तथा युनिसेफ काठमाण्डु कार्यालयको संयुक्त पहलमा तीन दिने भ्रमणमा आएका आमिर कपिलवस्तु जाने कार्यक्रम समेत रहेको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us