
एजेन्सी– सुन्दर देखिने रहर कसलाई पो नहोला र ? अझ सेलिब्रेटीका लागि त आवश्यकता पनि बन्ने गर्छ ।
आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी नराख्ने सेलिब्रेटी धेरै छन् । तीमध्ये एक हुन्, विश्वविख्यात पप गायिका रिहाना । उनी आफ्नो सुन्दरताप्रति कति सचेत र लोभी छिन् भने हेयर स्टाइल, मेकअप र स्किनको हेरचाहका लागि मात्रै सातामा ३० हजार पाउन्ड खर्च गर्ने गरेकी छन् ।
२६ वर्षीया रिहानाले आफ्नो सुन्दरता कायम राख्न विशेषज्ञबाट सल्लाह पनि लिने गरेकी छन् । खासगरी उनले छाला विशेषज्ञबाट सधैं राय लिएर सोहीअनुसार ऋंगार गर्ने गरेकी छन् ।
कतिसम्म भने राति कतै घुम्न निस्कँदासमेत विशेषज्ञको सल्लाह लिएर सोहीअनुसार मेकअप गर्ने गरेको उनी आफैंले खुलासा गरेकी छन् ।