अमेरिकी अदालतको आदेश मोदीसम्म पुर्याउनेलाई १० हजार डलर पुरस्कार

काठमाण्डु टुडे २०७१ असोज १२ गते २:४७ मा प्रकाशित

एजेन्सी, १२ असोज– मुसलमानविरुद्द दंगा गराई जाती हत्याको प्रयास गरेको आरोपको उत्तर दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यूयोर्कको एक अदालतले आदेश दिएको छ ।
modiउनले अमेरिका भ्रमणमा जान लाग्दा अमेरिकन जस्टिस सेन्टर (एजेसी) र सन् २००२ को गुजरात दंगाका दुई पीडितले उक्त मुद्दा दर्ता गराएका हुन् । उक्त आदेशलाई मोदीसम्म पुर्‍याउनेलाई १० हजार अमेरिकी डलर पुरस्कार दिने एजेसीले घोषणा गरेको छ ।
प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय कानुन अनुरुप कुनै पनि अमेरिकी अदालतको कारबाहीबाट कुटनीतिक छुट भएको ह्वाइट हाउसले जनाएको छ । ‘राष्ट्र संघीय महासभामा सहभागी हुने कुटनीतिकलाई न्युयोर्क क्षेत्रमा यस्तो कारबाही हुन्न’, उसले भनेको छ । समन पाएको २१ दिनभित्र जवाफ दिन अदालतले मोदीको नाममा आदेश जारी गरेको छ । मोदी शुक्रबारदेखि न्युयोर्कको पाँच दिने भ्रमणमा छन् ।
यस क्रममा मोद न्युयोर्कको ग्राउन्ड जिरो,सेन्ट्रल पार्क र म्याडिसन स्क्वायरमा आयोजित कार्यक्रममा सहभागी हुन गएमा समन बुझाउने प्रयास हुने एजेन्सीले जनाएको छ । ‘न्युयोर्कको कानुनअनुसार कसैलाई १०–१५ फिट टाढाबाट समन दिएमा त्यो मान्य हुनेछ,’ उक्त एजेन्सीसँग आवद्ध अभिवक्ता सलमान युनुसले भने ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us