मोदीलाई उपस्थित हुन अमेरिकी अदालतको आदेश

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:२९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ ।
modiमोदीमाथि त्यो अदालतमा गुजरात दंगा–२००२ को विषयलाई लिएर मुद्दा परेको थियो ।
सन् २००२ मा गुजरातमा भएको दंगामा एक हजारभन्दा धेरै मुसलमान मारिएका थिए । त्यो समय मोदी गुजरातको मुख्यमन्त्री थिए । दंगा उक्साएको भन्दै दंगामा मारिएका मानिसका दुई आफन्तले मोदीविरुद्ध उक्त अदातलमा मुद्दा दायर गरेका थिए ।

त्यसमा अमेरिकन सेन्टर फर जस्टिस (एजीसी) ले पनि सहमति जनाएको थियो । एजिसीले मोदी अमेरिकामा हुँदा उक्त अदालत नपुगे धेरै क्षति हुनसक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मोदी शुक्रबार पुगेका छन् ।

अमेरिकास्थित बिबिसीका संवाददाता ब्रजेश उपाध्यायका अनुसार एजिसी खासै ठूलो संस्था नभएकाले अदालतको यो वारेन्टले मोदीको भ्रमणलाई खासै फरक पार्नेछैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us