
काठमाण्डु, १० असोज– युनिटी लाइफ इन्टरनेशनलका फरार रहेका थप दुई सञ्चालक पक्राउ परेका छन् ।
युनिटीका इटहरी शाखा प्रबन्धक भीमप्रसाद पोखरेललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । इटहरी घर भई काठमाण्डु पुतलीसडकमा एजुकेशन कन्सल्टेन्सी चलाएर बसेका पोखरेल पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सहयोगमा नयाँबानेश्वरबाट पक्राउ परेका हुन् ।
जिल्ला अदालत सुनसरीले ठगी मुद्दामा ३ वर्षअघि नै पक्राउ पुर्जी जारी गरेका पोखरेल लुकीछिपी काठमाण्डु बस्दै आएका थिए ।